Logo

परराष्ट्रमन्त्री खड्काद्वारा इ–पासपोर्टको उद्दघाटन, पहिलो इ–पासपोर्ट शताब्दी पुरूष जोशीलाई (फोटोफिचर)



काठमाडौं, १ मंसिर । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ ।
बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।

जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।

साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।

परराष्ट्र मन्त्री खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउदा आफुलाई गौरब लागेको बताएका थिए ।

आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने अपेक्षा गरेको बताए ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका थिए ।  तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्