Logo

डडेल्धुरा कांग्रेस सभापतिको टोलीले सुरु गर्यो सानेपामा रिले अनशन



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टिमले केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । बुधबारदेखि मल्ल समुहले क्रियाशील सदस्यतामा धाँधली भएको र निर्वाचन समितिले माग सुनुवाई नगरेको भन्दै रिले अनशन सुरु गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्लाका सभापति मल्लले अधिवेशन बहिस्कार गरेपनि भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन भइसकेको छ । मल्ल समुहले क्रियाशिल सदस्यता विवाद सकाएर पुन पालिका र वडा अधिवेशन गर्न माग गर्दै आएको छ ।
केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिएर प्रक्रिया अगाडी बढाइसकेको छ । मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय र मंसिर ६ गते जिल्ला अधिवेशनको मिति तोकेको छ । मल्लको टोलीले आफ्नो मागको निर्वाचन समितिले सुनुवाई नगरेको भन्दै आज बाट सानेपामा रिले अनुसन सुरु गरेको जनाएको छ ।
मल्लको टोलीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ । डडेल्धुरामा रिले अनसन तोड्न पौडेल समुहका डा.शेखर कोइराला लगायतका नेताहरु पुगेका थिए । सभापति मल्ल, नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पुर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट लगायतका नेताहरुले सानेपामा आजबाट रिले अनशन बसेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्