Logo

संविधान संशोधन नभएसम्म म सिंहदरबार र बालुवाटारमा लडिरहन्छु, तपाईँहरु हेर्नुहोला : प्रचण्ड (भिडिओसहित)



महोत्तरी, १ मंसिर । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू संविधान संशोधनको लागि लडिरहने बताएका छन् । आज (बुधबार) महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मैले संविधान संशोधनको लागि दुई पटक प्रस्ताव लगेकै हो । संविधान संशोधनको लागि म लडिरहन्छु । संशोधन नभएसम्म म सिंहदरबार र बालुवाटारमा बसेर लडिरहन्छु । तपाईँहरु हेर्दै जानुहोला ।’ उनले आफूले मधेशका जनताको भावनालाई नजिकबाट बुझ्ने कोशिस गरेको पनि स्पष्ट पारे ।उनले भने,‘सबै समूदायको मनोविज्ञानलाई नजिकबाट बुझ्ने कोशिस गरेको छु । मैले यहाँहरुको समस्या समाधानकोलागि धेरै प्रयास गरेको छु ।’ उनले आफूले हुलाकी राजमार्गको लागि केन्द्र सरकारलाई मात्रै नभएर भारतलाई समेत धेरै घचघचाएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्