Logo

सहमतिमै नेतृत्व चयन हुन्छ, महाधिवेशनमा कुनै प्यानल बन्दैन् : ईश्वर पोखरेल (भिडिओसहित)



काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको यही मंसिर १० गतेदेखि १२ गतेसम्म हुने १०औं महधिवेशनमा सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । त्यस्तै, उनले नेतृत्व चयनका लागि प्यानल नबनाउने र सूची पनि नबाँड्ने बताएका छन् ।

आज (बधुबार) पार्टीको वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘‘हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं,’ हामीलाई व्यक्तिगतरूपमा साथीहरूले मत दिनुहुन्छ ।’ तस्विर तथा भिडिओ : : अमृत पौडेल ‘पिपोट’/ Amrit Paudel  :रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्