Logo

विराटनगरमा सिंह र कोइरालाबीच जम्काभेट



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच आज विराटनगरमा जम्काभेट भएको छ । पछिल्लो समय नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह त्यागेका छन् ।

उनले औपचारिक रुपमा पौडेल समूह त्यागेको भनेर घोषणा नगरेपनि पौडेल समूहको बैठकमा जान छोडेका छन् । कतिसम्म भने उनले पौडेलको फोनसमेत उठाउन छोडेका छन्।आज विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कन लागेका सिंह र काठमाडौंबाट विराटनगर पुगेका नेता कोइरालाबीच विमानस्थलमा जम्काभेट भएको थियो ।

भेटवार्ताको तस्विर सार्वजनिक गर्दै कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले फेशबुकमा लेखेका छन्–’बिराटनगरबाट काठमाडौ फर्कन लाग्नुभएका प्रकाशमान सिंह र काठमाडौबाट बिराटनगर जानुभएका डा शेखर कोइराला बिच बिराटनगर बिमानस्थलमा जम्का भेट।’



प्रतिक्रिया दिनुहोस्