ध्यानाकर्षण पत्र सर्वोच्च अदालतमा काम गर्ने कर्मचारीको हस्ताक्षरसहित बुझाइएको छ । ७ कात्तिकदेखि सर्वोच्च अदालतमा इजलास अवरुद्ध भएको र अझै कहिलेसम्म समस्याको समाधान हुने हो भन्ने कुरामा थप अन्यौलता बढ्दै गएकोले न्यायलयको जनआस्था थप खस्कन नदिन न्यायाधीशहरुको ध्यानाकर्षण गराइएको ट्रेड युनियन सर्वोच्च अदालत विभागीय कार्यसमितिका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए ।
पराजुलीसहित उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईद्वारा जारी विज्ञप्तिमा देशभरका अदालतका सबै कर्मचारीको हस्ताक्षर आउनेक्रम जारी रहेकोले इजलाज सञ्चालनका लागि अन्य अदालतका हस्ताक्षरहरु एकमुष्ठ रुपमा पुनः बुझाइने उल्लेख छ । कर्मचारीहरुले इजलास सञ्चालनका लागि अविलम्ब समाधान ननिकालेमा आन्दोलनका थप कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् । न्युज कारखाना




प्रतिक्रिया