Logo

सिभिल बैंकको अध्यक्षमा पाण्डे



काठमाडौं, २ मंसिर । सिभिल बैंक लिमिटेडको अध्यक्षमा संचालक प्रतापजङ्ग पाण्डे नियुक्त भएका छन् । बैंक संचालक समितिको मंसिर १ गते बसेको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए ।

संचालकहरुले समितिको अध्यक्ष चयन भएका पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनका लाथि थप मद्दत मिल्ने र यसका लागि संचालकहरुको साथ सहयोग रहने बताए ।

अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउनेतर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्