Logo

न्युजिल्याण्डमाथि भारतको जित



काठमाडौं, २ मंसिर । । पहिलो टी–२० अन्तराष्ट्रियमा भारतले न्युजिल्याण्डमाथि जित निकालेको छ ।

भारतको जयपुरमा बुधबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारत समक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शर्माले ४८ रन जोड्दा केएल राहुलले १५ रन बनाए ।
ऋषव पन्त १७ रनमा अविजित रहदा अक्षर पटेल १ रनमा अविजित रहेका थिए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले सर्वाधिक दुई विकेट लिए भने टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले समान एक÷एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

न्युजिल्याण्डकालागि मार्टिन गुप्टिले ७० तथा मार्क चापम्यानले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

साथै, टिम सेइफर्टले १२, मिचेल स्टानरले अविजित ४ रन जोडे भने कप्तान टिम साउथी पनि सुन्य रनमा अविजित रहे ।

भारतको जितमा भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले समान २÷२ विकेट लिए ।

सिरिज अन्तरगतको दोस्रो खेल शुक्रबार हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्