Logo

सर्वोच्चमा कानुन व्यवसायीहरुमाथि लाठीचार्ज, बारका अध्यक्ष श्रेष्ठ घाइते (तस्विरमा हेर्नुहोस् )



काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । जबराको राजीनामा माग गर्दै वकिलहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीको प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कन्द्रीय सदस्य प्रकाश महर्जन लगायत अन्य पनि घाइते भएका छन् । लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए । उनी पछि ब्युझिएका हुन् ।

लामो समयदेखि आन्दोलित भएका व्यवसायीहरु आज पनि सर्वोच्चको मुल गेट र वैकल्पिक गेटमा धर्ना दिने तयारीमा रहेका छन् ।

तस्विरःमुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्