Logo

उत्तर कोरियाका सर्वोच्च नेता किम नयाँ शहरको भ्रमणमा निस्किएपछि…



एजेन्सी, २ मङ्सिर। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित शहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ शहरको भ्रमणमा निस्किएका हुन्।

मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव निर्मित शहर र शहरबाट देखिने पवित्र पर्वतको अवलोकनका लागि किम भ्रमणमा निस्किएका हुन्। उक्त भ्रमणसँगै उनी करिब एक महिना भन्दा लामो समयपछि सार्वजनिक रुपमा देखा परेका छन्।

उत्तरी क्षेत्रको साम्जियोन सहर आर्थिक हबको रुपमा देखा परेको छ भने सो सहरमा नवनिर्मित भवन, अपार्टमेन्टहरु, होटलहरु, व्यापारिक र स्की रिसोर्ट, सांस्कृतिक संरचना र चिकित्सा सुविधा आदि थपिएको अधिकारीहरुले रोयटर्ससँग बताएका छन्।

नवनिर्मित सहर पवित्र पेक्तु पर्वत नजिकै बनेको छ। सो पर्वतलाई किम परिवारले कुल देवताको रुपमा पुज्दै आएको बताइएको छ। सन् २०१८ यता उत्तर कोरियाली नेता किमले सो पर्वतको वर्षमा दुई पटक भ्रमण गर्दै आएको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्