Logo

भीम रावलले अध्यक्षमा उम्मेद्धवारी दिँदैमा एमाले फुट्दैन : सिपी मैनाली (भिडिओसहित)



काठमाडौं, २ मंसिर । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा (एमाले) फेरि फुट्ने घोषणा गरेका छन् । उनले नेपालका कम्युनिष्टहरु बिग्रिएको आरोप लगाए । उनले भने,‘नेपालका पूराना पार्टीजति सबै बिग्रिए, बिग्रिए कसरी भने उनीहरुले आफ्नो सिद्धान्त छोडे, उनीहरुले आफ्नो नीति नेपालमूखी नबनाएर विदेशमुखी बनाए, उनीहरुले राजनीतिको गुह्य कुरा छोडे । पैसा कमाउन र सत्ता पुग्नको लागि जे पनि गर्नसक्ने मान्छे भए। विदेशीहरुको सेवा गर्ने गोटी बने ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका पूरा दलका नेताहरु आचरणमा मात्रै नभएर सिद्धान्तमा पनि भ्रष्ट भएको आरोप लगाए । उनले आफूले कुनै कुरा गुमाएर वा दिएर सरकारमा नगएको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीको चुनावमा गठबन्धन को सँग हुन्छ ? भनेर अहिले नै भन्न नसकिने पनि जिकिर गरे ।

उनले एमालेमा रहँदा केपी शर्मा ओली र माधवकुमार नेपालले एक अर्कालाई निषेध गरेको पनि स्मरण गराए। उनले अहिले एमालेमा अहिले पूरानो झैझगडाको तुष नमेटिएको सुनाए । उनले भने,‘अब नयाँ कुरा, आ–आफ्ना कुरा के के हुन भन्ने थाहा भएको छैन्, विभाजन हुन्न पनि भन्दिन्, हुन्छ पनि भन्दिन् ।’ उनले भीम रावलले अध्यक्षमा उम्मेद्धवारी दिँदैमा एमाले नफुट्ने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्