Logo

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौँ, २ मङ्सिर: संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । विद्यार्थी संगठनले बुधबार साँझ बैठक बसी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३, ४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने भएको जनाएको छ ।

जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्