Logo

एकनाथ ढकालको दाबी: हाम्रो अस्तित्व सकिएको छैन्, कामको आकारले परिवार दल ठूलो छ (भिडिओसहित)



काठमाडौं, २ मंसिर । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ कि गर्दैन् ? भन्ने कुरा महाधिवेशनपछि नै थाहा हुने बताएका छन् । उनले आफुहरुले सुसंस्कृत, समृद्ध र समावेशी नेपाल बनाउने नारासहति अघि बढेको बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको कामको आकार ठूलो भएको सुनाए। उनले भने,‘हामी समाजसेवामा अघि छौं । जनतालाई पर्ने दुःख, सुखमा हामी अग्रपँक्तिमा छौं ।’ उ

नले आफूहरु एमालेमा सहकार्य गर्ने पक्षमा रहेको तर एमालेसँग एकता नगर्ने बताए । उनले भने,‘एमालेसँग एकता गर्ने भएको भए यत्रो दुःख गरेर हामी किन महाधिवेशन गर्दथ्यौं र ? परिवार दल त मुलुकमा सबैभन्दा आशालाग्दो दल भयो । हाम्रो दल उदयीमान शक्ति हो ।’ उनले चुनावमा गठबन्धन गर्नु आफ्नो एजेण्डालाई स्थापित गर्नु नै उद्देश्य भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्