Logo

‘एमसीसी विरोधी राष्ट्रद्रोही हुन्’ : अरुणकुमार सुवेदी (भिडिओसहित)



काठमाडौं, २ मंसिर । राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले नेपालको शक्तिशाली राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जसपा नै भएको बताएका छन् । उनले भने,‘नेताहरु जसलाई जति गाली गरेपनि, नेताहरुको मास अपिल बढि देखिन्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जनता अहिलेपनि दलीय व्यवस्थाको पक्षमा रहेको सुनाए ।

उनले भने,‘यिनै नेताहरुको सहमतिमा भयो भने कुनैप्नि परिवर्तन असम्भव छैन् ।’ उनले आफूले एमसीसी विरोधी राष्ट्रद्रोही हुन भनेर पहिले नै भनेको पनि स्मरण गराए । उनले भने,‘मैले आज भनेको होईन, उहिल्यैदेखि भनेको हो । गम्भीर रुपमा मैले सोचेर, बुझेर, जानेर भनेको हुँ । कुनैपनि देशको अर्थतन्त्र र स्थापित विदेश नीतिको विरुद्ध र, सरकारले आफ्नो विदेश नीतिको अन्तर्गत रहेर पहिलेको सरकारले गरेका सन्धि, सम्झौता र हस्ताक्षर समझदारीहरुको विरुद्ध जानु यो दुईवटै कुरा राष्ट्रद्रोह हो ।’ कुनै देशको अर्थव्यवस्थालाई भताभुंग पार्न खोज्नु राष्ट्रद्रोह भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्