Logo

छोरा तैमुरले बैंक लुट्न चाहन्छन् भन्दै सैफले गरे यस्तो खुलासा



एजेन्सी, २ मंसिर । बलिउड अभिनेता सैफ अली खान र करीना कपूरका जेठा छोरा तैमुर अली खान बलिउड उद्योगमा मनपर्ने स्टार किड्समध्ये एक हुन्। तैमुरका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । धेरै सेलिब्रेटीले तैमुरसँग काम गर्ने इच्छा पनि व्यक्त गरिसकेका छन् । यसैक्रममा हालै सैफ अली खानले छोराको बारेमा अचम्मको खुलासा गरेका छन् ।

अहिले सैफ अल खान आफ्नो आगामी फिल्म बंटी और बबली २ को प्रमोशनमा व्यस्त छन् । फिल्मको प्रमोशनका क्रममा सैफ अली खानले तैमुर अली खान ‘खराब मान्छे’ बन्न र बैंक लुट्न चाहन्छ बताएका थिए । फिल्मको प्रमोशनका क्रममा सैफ अली खान र रानी मुखर्जी आफ्ना छोराछोरी तैमुर र अदिराको बारेमा कुरा गरिरहेका थिए ।

सैफले तानाजी फिल्म हेरेपछि तैमुरले आफू नराम्रो मानिस बन्न चाहन्छ भन्ने बताए । यो फिल्म हेरेपछि तैमुरले नक्कली तरवार लिएर मानिसहरूलाई लखेट्ने सुनाए । तैमुरले आफू नराम्रो मान्छे बनेर बैंक लुट्न चाहेको बताए । उनले सबैको पैसा चोर्न चाहेको पनि बताएका छन् । सैफ अली खानले तैमुरलाई आफ्नो राम्रो बच्चा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्