Logo

बार अध्यक्ष श्रेष्ठ, शम्भु थापा, शाक्य र रक्षा बस्यालको पुत्लादहन : महिलामाथि दुव्र्यवहार भएको भन्दै महिला अधिकारकर्मीहरु आक्रोशित (भिडिओसहित)



काठमाडौं, २ मंसिर । महिला अधिकारकर्मीहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व अध्यक्ष शम्भु थापा, अधिवक्ता डा. दिनेश त्रिपाठी र बारकी उपाध्यक्ष रक्षा बस्यालको पुत्लादह गरेका छन् । अधिवक्ताहरुले नै महिला दिदिबहिनीहरुमाथि हातपात गरेको, अपशब्द बोलेको र संवेदनशील अंग छोएको भन्दै त्यसको विरोधमा आज (बिहीबार) महिला अधिकारकर्मी सावित्री सुवेदीको अगुवाईमा काठमाडौंमा वकिलहरुको पुत्ला दहन गरिएको हो ।

उनले भनिन्–‘न्यायालयभित्र महिलाहरुमाथि दुव्र्यवहार हुँदापनि बारकी उपाध्यक्ष रक्षा बस्यालले महिला हुँदापनि उहाँ मुकदर्शक भएर बस्नुभयो, बारमा उहाँहरुले राजनीति गर्नुभएको छ, देशका दुर्गमबाट जनता न्यायको लागि आउनुभएको छ, जनतालाई न्याय पाउने अधिकारबाट बञ्चित गरिनु दुःखद् छ ।’ उनले श्रेष्ठ, शाक्य, थापा, त्रिपाठीजस्ता वकिलहरु नेपालमा रहुञ्जेलसम्म जनताले र पीडितले न्याय नपाउने पनि आरोप लगाईन् ।

उनले ती वकिलहरुलाई दलालको संज्ञासमेत दिईन् । उनले भनिन्,‘जबसम्म यी विचौलियाहरु बार्गेनिङ गरेर बस्छन्, तबसम्म बलात्कृत भएका चेलीहरुले कहिल्यै न्याय पाउँदैनन् । यस्ता नालायक, विचौलियाहरुको पुत्लादहन गर्दैछौं । न्याय भनेको पवित्र मन्दिर हो । न्यायमूर्तिलाई राजीनामा दे भन्नेहरुको हामीले पुत्लादहन गर्दैछौं । महिला हिंसा गर्न पाईँदैन् ।’ उनले महिलाहरुमाथि बारको परिसरभित्रै दुव्र्यवहार हुँदापनि महिला उपाध्यक्षले एक शब्दपनि नबोलेकोमा आपत्ति जनाईन् । पुत्लादहनमा उत्रिएकाहरुले ‘महिला हिंसा अन्त्य गर’ भन्ने नारासमेत लगाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्