Logo

४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा



एजेन्सी, २ मंसिर । बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा एकैपटक दुई सन्तानको आमा बनेकी छन् । अभिनेत्री सरोगेसीका माध्यमबाट दुई जुम्ल्याहा बच्चाको आमा बनेकी हुन् । प्रीति जिन्टा आफैले यो खुसीको खबर आफ्ना फ्यानलाई शेयर गरेकी हुन । उनले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् ।

४६ वर्षीया अभिनेत्री प्रीति जिन्टाले आफ्नो पति गुडइनफसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘सबैलाई नमस्कार, म आज तपाईहरु सबैसँग अमेजनको एउटा समाचार साझा गर्न चाहन्छु । जीन र म धेरै खुसी छौं र हाम्रो हृदय यति धेरै कृतज्ञता र यति धेरै मायाले भरिएको छ कि हामी हाम्रा जुम्ल्याहा बच्चाहरू, जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडेनफलाई हाम्रो परिवारमा स्वागत गर्दछौं।’

उनले लेखेकी छिन्, ‘हामी हाम्रो जीवनको यो नयाँ चरणबाट निकै उत्साहित छौं । यस अविश्वसनीय यात्राको एक हिस्सा भएकोमा डाक्टरहरू, नर्सहरू र हाम्रा सरोगेटहरूलाई हृदयदेखि धन्यवाद। धेरै माया– जीन, प्रीति, जय र जिया।’

प्रीति जिन्टा सरोगेसी मार्फत दुई सन्तानकी आमा बनेकी हुन् । प्रीति जिन्टाले सन् २०१६ मा लस एन्जलसमा गुडइनफसँग विवाह गरेकी थिइन् । जीन प्रीतिभन्दा १० वर्ष कान्छा भएपनि खुशी छन् ।

प्रीति जिन्टाले विवाहअघि सन् २००९ मा ऋषिकेशका ३४ अनाथ बालिकालाई धर्मपुत्री बनाएकी थिइन् । प्रीतिले यी केटीहरूलाई दत्तक ग्रहण गरेकी हुन् । तर आमाले आफ्ना छोराछोरीलाई जति माया गर्नुहुन्छ, त्यति नै माया गर्दै आएकी छिन् । उनीहरुको शिक्षादेखि लिएर बस्ने र खानपिनसम्मको सबै खर्च उनले बेहोरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्