Logo

बक्स अफिसमा दोस्रो हप्तामा कस्तो रह्यो सूर्यवंशी ? १२ दिनमा १५९ करोड कलेक्सन



एजेन्सी, २ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको दिवालीमा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ले सुरुका ३ दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । तर जति अपेक्षा गरिएको थियो त्यत्ति भने पछि गर्न सकेन । फिल्मको कलेक्शन घटेको भने होइन् तर अहिलेको परिस्थितिलाई हेर्दा निकै राम्रो मान्न सकिन्छ ।

पहिलो साता नै सय करोड क्लबमा प्रवेश गरेको सूर्यवंशीले शुक्रबार ६ करोड ८३ लाख, शनिबार १० करोड ३५ लाख, आइतबार १३ करोड ३९ लाख, सोमबार ४क करोड ५० लाख र मंगलबार ३ करोड ९२ लाख कमाएको छ । १२ दिनमा फिल्मको कुल कलेक्सन १५९ करोड.६५ लाख पुगेको छ ।

के यो २ सय करोड पुग्छ?
फिल्मको कलेक्सन घटेपनि आशा भने बाँकी छ । तेस्रो होइन चौथो हप्तासम्म फिल्मले दुई सय करोड पुग्न सक्छ । ‘बन्टी और बबली २’ जस्तो ठूलो फिल्म अर्को साता रिलिज हुँदैछ । यो फिल्मले सूर्यवंशीको संग्रहलाई पनि असर गर्न सक्छ। पछिल्लो १९ महिनामा सबैभन्दा धेरै दर्शक पाएको फिल्म हो सूर्यवंशी ।

 



प्रतिक्रिया दिनुहोस्