Logo

ज्योतिषमा जनकको पहिलो पाइला



काठमाडौं, २ मंसिर । डा. जनकराज भट्टको नयाँ कृति बजारमा आएको छ । राजनीतिशास्त्र विषयका उपप्राध्यापक भट्टले यसअघि विविध विषयमा तीनवटा कृति प्रकाशन गरिसकेका छन् भने एक कृति प्रकाशनोन्मुख अवस्थामा छ ।

दुई सय ४५ पृष्ठमा समेटिएको भट्टको यो कृति स्वाध्ययनबाट पात्रो हेर्नेदेखि ज्योतिषीय ज्ञान लिन चाहने सबैका लागि उपयोगी छ । ‘मैले यसमा आफूले हालसम्म हासिल गरेको ज्योतिषको ज्ञान र अनुभवलाई समेट्ने प्रयास गरेको छु । ज्योतिषका रहस्यमय सूत्र पनि यसमा समावेश गरेको छु’ कृतिबारे भट्ट दाबी गर्नुहुन्छ । यसको मूल्य तीन सय ५५ राखिएको छ । यो पुस्तक किनिदिएर आफूजस्ता ज्योतिष क्षेत्रमा संलग्न लेखकलाई प्रोत्साहन गर्नुहुन ज्योतिषप्रेमी सबैसँग भट्टले अपेक्षा गरेका छन् ।

पात्रो हेर्ने सरल तरिका, तिथि, वार, नक्षत्र, योग र करणको परिचय, नवजात शिशुको राशिको नाम जुराउने र लग्नकुण्डली बनाउने, सजिलो तरिकाले चिना–टिपन बनाउने कुण्डली विश्लेषण गरी व्यक्तिको भविष्यवाणी, कुण्डली अध्ययनका विभिन्न सूत्रबाट व्यक्तिका रहस्यमय कुरा पत्ता लगाउने, सहज तरिकाले ग्राहकको शान्ति गराउने र व्यक्तिका लागि उपयोगी रत्न छान्ने, सप्त–वार व्रतकथाको तरिकाबारे अवगत गर्ने, आधुनिक प्रविधिका माध्यमबाट ज्योतिषीय सेवा सञ्चालन गर्नेलगायतका थुप्रै ज्ञानबद्र्धक विषयवस्तु यस पुस्तकमा समेटिएका छन् । प्राध्यापक माधवप्रसाद पाण्डेयले भूमिका लेखेको यस कृतिलाई डाँफे प्रकाशन गृहले प्रकाशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्