Logo

यौन र्दुव्यवहार खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ कहाँ छिन् ?



एजेन्सी, २ मंसिर । चीनकी टेनिस सटार पेङ सुआईबारे चिनियाँ सञ्चारमाध्यमले इमेल सार्वजनिक गरेपनि आशंका भएको छ । विश्व टेनिस एशोशिएसनले उनको भनिएको इमेलबारे आशंका गरेको हो ।

इमलेमा पेङले आफूले यसअघि लगाएको यौन र्दुव्यवहारको आरोप झुटो भएको लेखेकी छिन् । जबकि उनले सामाजिक सञ्जालमा चीनका पूर्वउपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् । त्यसयता पेङको अवस्था अज्ञात छ । उनको आवाजसहित चिनियाँ टेलिभिजन सीजीटीएनले सार्वजनिक गरेको भनाईमा सुरक्षित रहेको भनिएको छ । तर, त्यो उनकै आवाज हो या होइन भन्नेमा टेनिस एशोशिएसनले आशंका गरेको छ । उनले आफू घरमै आराम गरिरहेको लेखेकी छिन् ।

यसअघि विश्व टेनिस एशोशिएसनले चाङ सुरक्षित रहेको निश्चित गरेको थियो । उनी सुरक्षित र भौतिक रुपमा कुनै खतरामा नरहेको जनाएको थियो । तर, चाङ प्रत्यक्ष सम्पर्क बाहिर रहेको जनाएको थियो । पछि उनको अवस्थाबारे आशंकाहरु व्यक्त गरियो ।

चाङले पूर्वउपप्रधानमन्त्री गाओलीसँग यौन सम्बन्ध राखेको तर पछि सम्पर्कविहिन भएर पुनः नजिकिन खोजेर जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी छिन् । उक्त विषय सामाजिक सञ्जाल विअबोमा खुलासा गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्