Logo

मुख्यमन्त्री शाहीसँग भक्कानिए अग्निपीडित (फोटोफिचर)



मुगु, २ मंसिर । सदरमुकाम गमगढीस्थित तल्लो बजारमा बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएका छन् ।

अग्निपीडितलाई राहत लिएर बुधबार सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी स्थानमा आएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग पीडितले दुखेसो पोखेका थिए । दुखेसो पोख्ने क्रममा एक पीडित महिला भक्कानिएकी थिइन् ।

सोमबार राति भएको आगलागीबाट मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा २१ घर जल्दा घरधनी, बहाल र व्यवसायी गरी ७६ परिवार विस्थापित भएका छन् ।

गमगढीस्थित तल्लो बजारमा सोमबार राति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको थियो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

 
 
 



प्रतिक्रिया दिनुहोस्