Logo

छुटेको लगेज ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनिलाई हस्तान्तरण



काठमाडौै, २ मंसिर । भाडाकारमा छुटेको सामान ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण गरेको छ । का.जि. एयरपोर्ट गोल्डेन गेट देखि अन्तराष्ट्रिय टर्मिनल सम्म यात्रा गर्ने क्रममा बा २ ज ४९८१ नम्बरको भाडाकारमा लगेज र ज्याकेट भएको प्लास्टिक झोला छुटेको सामान ईन्द्र कुमारी लिम्बुलाई ट्राफिक प्रहरीले भेट्टाएर हस्तान्तरण गरेको हो ।

लिम्बुले दिएको निवेदनका आधारमा तत्काल खोजतलास शाखाको सक्रियतामा सामान फेला पारी उक्त सामानको सम्बन्धित धनिको पहिचान गरी दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्