Logo

दुई अमेरिकी अधिकारी किन १२ घन्टाको फरकमा नेपाल आए ?



काठमाडौं, २ मंसिर । १२ घन्टाको अन्तरालमा दुई अमेरिकी अधिकारीहरु नेपाल आएका छन् । उनीहरु आज भेटघाटहरुमा सक्रिय हुने बुझिएको छ ।

राजदूत रेन्डी बेरीले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङलाई छुट्टाछुट्टै स्वागत गरेको तस्बिर आजै सार्वजनिक गरेका छन् ।

लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए । लूले अमेरिकी सहयोगसम्बन्धी विषयमा कुराकानी गर्ने बुझिएको छ । उनी एमसीसीको बारेमा पनि अमेरिकी चासो लिएर आएको बुझिएको छ ।

आज दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ आएकी हुन् । उनले नेपालका उच्च अधिकारी देखि नागरिक समाजका अगुवाहरुलाई भेट्ने तय भएको छ ।

Photo Source: Ambassador Randy Berry



प्रतिक्रिया दिनुहोस्