Logo

मजदुर लिएर हिडेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, कयौ घाइते



उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ बजेर ५० मिनेटमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो । उपचारको क्रममा सदाको गाईघाट अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

बिहान ५ बजे प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर ताप्ली गाउँपालिका भवनको ढलानको लागि मजदुर लिएर हिँडेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्