Logo

पूर्वमन्त्री त्रिपाठी र भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता



काठमाडौं, २ मंसिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा रहेका त्रिपाठीले आज मन्त्रालयमा पुगेर विदेश सचिव श्रृंगलासँग भेटवार्ता गरेका हुनु । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमले भेटवार्ताको तस्विर सार्वजनिक गरेका छन् ।

विदेश सचिव श्रृंगलाले त्रिपाठीले स्वास्थ्यमन्त्री हुँदा कोभिडकालमा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । पछिल्लो समय नेपालका नेताहरु भारत जाने क्रम बढेको छ । केही दिनअघिमात्रै नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह भारत पुगेर फर्किएका छन् । यसअघि महामन्त्री शशांक कोइराला पनि दिल्ली पुगेर फर्किएका छन् । उनी दिल्लीमै उपचार गराईरहेका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न गएका थिए ।



प्रतिक्रिया दिनुहोस्