Logo

बारको आन्दोलन चर्काउन शम्भु थापाको निर्देशनमा पोखरामा हुने अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलन काठमाडौंमा सारियो



काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनरत नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको छ । इजलास बहिष्कार गर्दै आएका अधिकांश न्यायाधीशहरु काममा फर्किन थालेको र धमाधम मुद्दाको सुनुवाई गर्न थालेपछि बारको आन्दोलन तुहिने पदाधिकारीको चिन्ता छ ।

उनीहरुले आन्दोलनम ादिन प्रतिदिन कानून व्यवसायीहरुको संख्या घट्न थालेको भन्दै कसरी आन्दोलनलाई सशक्त बनाउने भन्दै नयाँ रणनीति बुनेका छन् । बारनिकट उच्च स्रोतकाअनुसार बारका पूर्व अध्यक्ष शम्भु थापाको निर्देशनमा पोखरामा मंसिर २४, २५ र २६ गते हुने भनिएको राष्ट्रिय कानून व्यवसायीहरुको सम्मेलन काठमाडौं सार्न लागिएको छ ।

यसको सम्पूर्ण तयारी भैसकेको छ । उक्त सम्मेलनमा देशभरिबाट तीन हजार कानून व्यवसायीहरु भेला हुने भनिएको छ । तीन हजार कानून व्यवसायीहरु एकसाथ आन्दोलनमा उत्रिँदा आन्दोलनले उचाई लिने नत्र आन्दोलन तुहिने खतरा रहेको भन्दै थापाकै निर्देशनमा पोखराको राष्ट्रिय सम्मेलन काठमाडौं सारिएको स्रोतको दाबी छ ।

थापाले मंसिरको अन्तिममा गर्न लागिएको सम्मेलनलाई मंसिरकै पहिलो हप्तामा गर्नेगरि काठमाडौंमा र्सानको लागि सम्बन्धित पक्षलाई निर्देशन दिएको बुझिएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot