Logo

‘ए’ डिभिजन लिग भोलिदेखि, सबै तयारी पुरा (फोटोफिचर)



काठमाडौं, २ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग भोलि (शुक्रबार) बाट सुरु हुँदैछ ।
दशरथ रंगशालामा भोली हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको प्रि म्याच कन्फीसेन्समा दुवै क्लबले भोलीको खेलको लागि आफू तयार रहेको बताएका छन् ।

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो युथ क्लबले नयाँ टिमको महसुस नगराउने बताएको छ ।

साथै, पुलिस क्लबका प्रशिक्षक अनन्त तामाङले आफुहरुको लक्ष्य भनेको उपाधि नै रहेको बताए थिए ।
अन्य टिमका प्रतिनिधिहरुले समेत आफ्नो लक्ष्य र तयारीको बारे प्रष्ट पारेका थिए ।

तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्