Logo

रामदेवले भनेः नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश



काठमाडौं, २ मंसिर । योगगुरु बाबा रामदेवले नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश भएको बताएका छन् । उनले नेपालसँग आफ्नो तीन दशकदेखि आत्मीय सम्बन्ध रहेको पनि बताए ।

‘नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश हो,’ आज काठमाडौं उत्रिएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा रामदेवले भने, ‘नयाँ सेवाको सौगात दिन आएको हुँ ।’

उनले नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको बताए । नेपालमा ७० हजार योगगुरु र लाखौं कार्यकर्ता भएको बताए । रामदेवले भने, ‘९९ प्रतिशत नेपाली योगको अनुशरण गर्छन् ।’

उनले पतञ्जलीलाई विस्तार गर्ने, रिसर्च गर्ने योजनाका साथ आएको सुनाए ।

रामदेवको साथमा आचार्य बालकृष्ण पनि नेपाल आएका छन् ।



प्रतिक्रिया दिनुहोस्