Logo

रोल्पामा बस दुर्घटना हुँदा ४ को मृत्यु



काठमाडौं, २ मंसिर । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट रोल्पाको थपाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ जलजलामा मा दुर्घटनाग्रस्त भएको हो । घटनापछि उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्