Logo

सिटी एक्सप्रेसद्वारा लखपति विजेताको नाम घोषणा



काठमाडौं, मंसिर ३ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ।

सोही योजना अन्तर्गत ५ जनाले जनही एक लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी , मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिलबहादुर पुन साथै कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड ०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई रु १०,००० उपहार प्रदान गरेको छ। साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन्।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस्