Logo

जबराविरुद्ध आज पनि वकिलहरुको धर्ना



काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि वकिलहरु धर्ना बसेका छन् । नेपाल बारको अगुवाईमा भएको धर्नामा कानुन व्यवसायीहरु नेपाल बार भवन अगाडी शुक्रबार पनि धर्नामा बसेका हुन् ।

शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । जबराको राजीनामा माग गर्दै बार लगायत कानुन व्यवसायीहरु सर्वोच्चको मुल गेटमा केही दिनदेखि धर्ना दिँदै आएका छन् । जबरा आन्दोलनको बाबजुद पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गर्दै आएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्