Logo

बारको आन्दोलन उग्र नहोस भनेर सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा



काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनले उग्र रुप नलिओस भनेर अहिले बार परिसरमा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । Photo Source: Jaya Singh Mahara/Twiitter



प्रतिक्रिया दिनुहोस्