Logo

ओलीसँग ज्ञवाली, शाक्य र पाण्डेको भेट : पदाधिकारीमा सहमति नगरे प्यानलसहित चुनाव लड्ने घोषणा



काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको छ । नेताहरु अहिले चितवन आउने जाने क्रम बढेको छ । पार्टी जीवनमा एमालेले पहिलोपटक विधान महाधिवेशन ललितपुरमा भव्य रुपमा सम्पन्न गरेर सर्वसम्मत् रुपमा विधान पारित गरेर नेतृत्व पनि सर्वसम्मत् नै चयन गर्ने सन्देश दिईसकेको छ ।

तर, माधव नेपाल समूह छोडेर १० बुँदे सहमति कार्यान्वनय भन्दै एमालेमा बसेका नेताहरुले आफ्नो राजनीतिक भविष्य सुनिश्चितताको लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । नेतृत्वको लागि उपाध्यक्ष भीम बहादुर रावलले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी थालेका छन्। उनले महाधिवेशन प्रतिनिधि छनौटको विषयमा पनि प्रश्न उठाएका छन् । रावलले अध्यक्षमा उठ्ने निधो गर्नुअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता फलदायी नभएपछि रावल नेतृत्वमा उठ्नेगरि आन्तरिक तयारीमा जुटेका छन् ।

हिजोमात्रै पनि दश भाईमध्येका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उनीहरुले पदाधिकारीमा सहमति नगरे आफूहरु १० जनाले प्यानल बनाएर चुनाव लड्ने जानकारी दिएको उच्च स्रोतको दाबी छ । सुरुमा ओली उनीहरुको प्रस्तावमा खासै सकारात्मक सुनिएका थिएनन् । तर, उनीहरुले प्यालन नै बनाएर जानेजस्तो कुरा गर्न थालेपछि भने ओली केही लचक बनेको स्रोतको दाबी छ । File Photo



प्रतिक्रिया दिनुहोस्