Logo

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानद्धारा न्यायालयभित्रको राजनीतिबारे ध्यानाकर्षण



काठमाडौं, ३ मंसिर । भ्रष्टाचार विरुद्धको अभियान ‘हाम्रो नेपाल हामी नेपालीले सर्वोच्च अदालतभित्र अहिले भैरहेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । न्यायालय निर्वाध रुपमा रुपमा चल्न पर्ने र जनताको काम रोक्न नपाइने अभियानको भनाई छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानद्धारा सर्वोच्च अदालत भित्र भएको समस्या, पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिको बारेमा सरकारलाई ध्यायाकर्षण गराइएको हो ।

कार्यक्रममा बोल्दै अभियानका संस्थापक कोषाध्यक्ष जिता वरालले विषम परिस्थितिमा देश रहेको भन्दै यो राज्यमा नागरिकलाई प्रत्यक्ष रुपमा गाँस, बास, कपास, रोजगार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको अन्याय र विकृतिको अन्त्य गर्नको लागि अभियानको स्थापना गरेको बताइन् । उनले अभियानले प्रत्यक्ष नागरिकको विषयमा पैरवी गर्दै विकृति विंसगतीको चिरफार गर्दै आएको पनि जानकारी दिइन् । कोषाध्यक्ष समेत रहेकी वरालले अभियानमा ८ जना कार्यकारी भएको भन्दै अभियानले अब चाडै नै नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिइन् । उनले देशव्यापी रुपमा देशका जनतालाई प्रत्यक्ष रुपमा पारिएको पेट्रोलियम पद्धार्थ, ग्यासको मुल्य बृद्धिको विरोध गर्दै सरकारलाई मुल्यबृद्धिको निर्णय सच्याउन माग गरिन् । न्यायालय निर्वाध रुपमा रुपमा चल्न पर्ने र जनताको काम रोक्न नपाइने उनको भनाई थियो ।

त्यस्तै, अभियानका प्रवक्ता नन्द प्रसाद काप्रीले ०७६ साल फागुन १५ गते भ्रष्टाचारको अन्त्य गर्न अभियानको जन्म दिएको बताए । उनले अभियानलाई चुस्त दुरुस्त राख्नको लागि सांगठनिक कार्यसमिति गठन गरेको बताए । उनले अभियानको आन्तरिक संगठनभित्र प्रत्येक पदाधिकारीहरुले गरेको कार्य गर्ने तरिका र जिम्मेवारीको क्रममा विभिन्न समस्या देखापरेको सुनाए । सबै नेपालीका छोराछारीहरुले शिक्षा र स्वास्थ्यको अधिकारबाट बन्चित नहुन भन्दै आफ्नो अभियान अगाडी बढेको बताए । आम नागरिकहरुलाई राज्यको दृष्टिमा सबै बराबर हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘धनी र गरिबको लागि कानुन तथा अन्य सेवा सुविधन पाउने अधिकारहरु समानता हुनुपर्छ ।’ यो मुलुकको सम्पुर्ण राज्य सञ्चालनको मुल प्रवाहमा ल्याउन प्रत्यक्ष प्रणालीमा जानुपर्ने उनको भनाई थियो । चुनाव खर्चिलो हुनबाट बचाएर सांसदलाई देश र जनताप्रति वफादार बनाउनुपर्ने भन्दै उनले भने,‘यो मुलुकको समृद्धिका धमिरा भ्रष्टाचार हो । पार्लियामेन्ट सिस्टमलाई व्यवस्थित गर्नुपर्छ जसको कारण मुलुकमा राजनीतिक स्थायित्व हुन्छ ।’

वैदिक सनातन धर्मको माध्यमबाट मुलुको समृद्धिको लागि इटा थप्न सकिने पनि उनले बताए । संघियता हात्ती पालेका भन्दा ओझिलो हुँदै गएको उनको भनाई थियो । संघियता घाँडो भएको भन्दै उनले राजनीतिक दलका नेताहरु कार्यकर्तालाई व्यविस्थत गर्न मुखारित भएको उनको आरोप लगाए । नागरिकको हक लगायतको समस्या बढाएको हुँदा संघियतामा पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । उनले भने, ‘अहिलेको व्यवस्था परिवर्तन गर्नैपर्छ । त्यसको लागि अभियान तयार रहेको छ ।’

उनले भने, ‘एक हप्तामा ३ पटकसम्म पेट्रोलियम पद्धार्थ गरेर वर्तमान मुल्य बृद्धि गरिरहने सरकारको घोर भत्र्सना गर्न चाहन्छौ ।’ राजनीतिक दलका कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले भने, ‘१÷२ रुपैयाँ मुल्य बृद्धि हुँदा सडकमा टायर बाल्नुहुन्थ्यो तर आज तपाईको भान्सामा नेताहरुले ग्यास पुर्याएर आज चुप लागेर बस्नुभएको हो ।’ उनले मुल्य बृद्धिको विरुद्धमा आन्दोलनको नेतृत्व गर्न दलका कार्यकर्तालाई आग्रह गर्दै अभियानले पनि एकवद्धता जनाउने प्रतिवद्धता समेत गरे ।

उनले न्यायालयमा विवाद भइरहँदा जनताले न्याय सेवा पाउने अधिकारबाट बन्चित भएको बताए । राष्ट्रिय सहमतिका आधारमा न्यायालयको समस्याको समाधान गर्नपर्नेमा उनले जोड दिए । कोभिड–१९ को विरुद्धमा लड्न नेपाल सफल भएको भन्दै सरकारलाई धन्यवाद पनि दिए ।
न्यायालयमा भएको दुवै पक्षको बालहठले गर्दा आज नागरिकले दुःख पाएको उनको भनाई थियो । चोलेन्द्र शमशेरलाई लागेको यी सबै आरोप एकैदिनमा लागेको होइन् भन्दै उनले भने, ‘सर्वोच्च अदालतलाई अनिर्णयको बन्दी बनाउने अधिकार न त बारलाई छ न त प्रधानन्यायाधीशलाई छ ।’

आजको दिनमा जनगणना भएको भन्दै नेपाल सरकारको गणना गर्दै गर्दा ७२ सय क्षेत्रफल हडपिएको बताए । सरकार लिपियाधुरा, कालापानीमा जनगणना गर्न भारतसँग छलफल गर्न पुगेको प्रति आक्रोस व्यक्त गर्दै उनले सरकारको उक्त निर्णयको विरुद्ध अभियान जे गर्न पनि तयार भएको जानकारी दिए । अभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई केपी शर्माको नेतृत्वको बेलामा भारतबाट धम्की आएको सुनाउदै यदि देश तथा विदेशबाट आंतकित गर्दै धम्की दिन खोजिएमा अभियानलाई मान्य नहुने बताए ।

अभियानका संस्थापक सह–सचिव सुनिता पाख्रिनले आफु देशको युवा भएको भन्दै सम्पुर्ण युवाहरु सत्यको बाटोमा हिड्न पर्ने बताइन् । उनले भनिन्,‘म देशको युवा हु मलाई देशको माया छ । राज्य सरकारलाई कर तिरको मान्छे म पनि हुँु । अभियानमा विभिन्न किसिमको साथीहरु भएको भन्दै उनले सबै सत्य र न्यायको पक्षमा हिड्नुपर्ने बताइन् । केही साथीहरु भने अभियानको भिजन विपरित हिडेको बताइन् । उनले अनुशासन, इमान्दारिता र सत्यमा अडिग रहन सबैलाई आग्रह गरिन् । उनले अभियान देशभक्तको खोजीमा रहेको समेत बताइन् । अभियानले आफु र आफ्नो परिवारलाई अपमान लगाइको प्रति दुख लागेको सुनाइन् । उनले आफुलाई अभियानले विविध विषयमा लागेको आरोपप्रति दुखेसो गरिन्, ‘हजुरआमा बितेको बेलामा पनि मलाई दुःख दिए ।’ अभियान चिया चौतारी घर व्यवहार चलाउने स्थान नभएको भन्दै महिलाहरुलाई अन्याय अत्याचार गरेको बताए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र युवा तथा कराते खेलाडी विप्लव खड्काले सबै युवाहरु एकिकृत भएर जागृत हुने बेला आएको बताए । उनले व्यवस्थापिका, न्यायापालिका र कार्यपालिका हल्लिएको अवस्थामा युवाहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बेला आएको बताए । यसअघि एमसीसीको बारेमा आफुले धेरै पटक बोलेको बताए । एमसीसीलाई राष्ट्रियता भन्दा माथि हुन नदिने उनको भनाई थियो । कुनै पनि एमसीसी कुनै हालतमा पास गर्न नदिने बताए । युवाहरु गएर बोल्न स्थान नभएको भन्दै युवाहरुमाथि खेलवाड भइरहेको बताए । एमसीसी पास गरेमा युवाहरु चुप लागेर नबस्ने पनि चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्