उपत्यकाबाहिर मेडिकल काउन्सिलको निर्वाचन आज, काठमाडौंमा १० र ११ गते हुने


काठमाडौं, ३ मंसिर । नेपाल मेडिकल काउन्सिलको निर्वाचन उपत्यका बाहिर आजबाट सुरु भएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर १८ केन्द्रमा मतदान हुने भएको हो ।

१ उपाध्यक्ष र ८ सदस्यको लागि ३५ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यस्तै, उपाध्यक्षको लागि ३ र ८ सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ ।

कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनकपुर,नारायणी अस्पताल, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मतदान हुनेछ । भोली मेची प्रादेशीक अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल लगायतका १२ मतदान केन्द्रमा मतदान हुनेछ ।

काठमाडौं विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानिय विकास प्रतिष्ठानमा मंसिर १० र ११ गते मतदान हुनेछ ।