Logo

एमसीसीविरुद्ध भोली नेकपा(माओवादी केन्द्र समाजवादी)ले खुलामञ्चमा विशाल आमसभा गर्ने



काठमाडौं, ३ मंसिर । कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)को विरुद्ध खबरदारी गर्न भोली खुलामञ्चमा विशाल आमसभा गर्ने भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रघाती एमसीसी खारेजीको मागको लागि आयोजना गरिएको आमसभाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । पार्टीले भोली (मंसिर ४ गते) बिहान ११ बजे खुलामञ्चमा उपस्थित् भई एमसीसीको खारेजीको माग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा बोल्दै पार्टीका महासचिव नरेश शाहीले भोलिदेखि हुने आन्दोलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले राष्ट्रघातबाहेक केही गर्न नसक्ने नवदलाल पुँजीवाद संसदीय सत्ता व्यवस्थाका भाइरसहरुले राष्ट्रघातकै निरन्तरतामा एमसीसी फेरी हाम्रो स्वाधिन राष्ट्रमाथि थोपार्न खोजेको आरोप लगाए । असफल सत्ता व्यवस्थाको सही र वैज्ञानिक विकल्प दिन राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन गरि सर्वपक्षीय सर्वदलिय संयुक्त राष्ट्रिय सरकार र कम्युनिष्ट सम्मेलन सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको समेत जिकिर गरे ।
शनिबार खुलामञ्चमा गर्न लागेको एमसीसीको खारेजीको लागि आफ्नो उपस्थिति जनाएर सहयोग गरिदिन सबैलाई आग्रह गरे । उनले जनसभामा करिब २० हजारको संख्याको उपस्थिति हुने आंकलन समेत सुनाए । जनसभामा विभिन्न झाकीसहितको उपस्थिति हुने जनाए ।

विज्ञप्तीसहित



प्रतिक्रिया दिनुहोस्

Screenshot