Logo

तस्बिरमा रामदेवको पतञ्जलीमा पुगेका यी नेताहरु



काठमाडौं, ३ मंसिर । पतञ्जली योगपीठले शुक्रबार टीभीको शुभारम्भ गर्यो । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे । देउवाका अलावा भारतका केन्द्रीय मन्त्री नितिन गड्करी, बाबा रामदेव र आचार्य बालृकष्णको तस्बिरसहितको ब्यानर थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधि, काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत सहभागी भए ।

सरकारका मन्त्री महेन्द्र राय यादव, प्रेम आले, लोसपा नेताहरु राजेनद्र महतो र शरतसिंह भण्डारी, काँग्रेस नेता चित्रलेखा यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी पनि सहभागी थिए ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरी भर्चुअल माध्यमबाट सहभागी भएका थिए । उनी भ्रमणमा आउने भनिएपनि रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot