Logo

महाधिवेशनका प्रतिस्पर्धीहरु घनिष्ठ भएर आगामी निर्वाचनमा लाग्नुपर्छः डा. महत



काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिनुपर्ने बताउदै महाधिवेशनका प्रतिस्पर्धीहरुबीच रहेको सद्भाव र एकता अझ सौहार्दपुर्ण र घनिष्ठ बन्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सहमहामन्त्री डा.महतले वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्ने भन्दै पार्टीको आन्तरिक निर्वाचनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नसके राम्रो हुने उल्लेख गरको थिए । साथै, महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।

‘१४ औं महाधिवेशनका क्रममा नेपाली काँग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक,समर्थक र मतदाताहरुमा देखिएको उत्साहलाई पार्टीको उर्जाको रुपमा लिएको छु, यसले मलाई ठूलो प्रेरणा दिएको छ’ उनले भने ।  तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्