Logo

पत्रकार ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान (फोटोफिचर)



काठमाडौं, ३ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान गरिएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पत्रकार धमलालाई उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रदान गरेका हुन् ।

युवा पुस्ताको प्रेरणाको स्रोत भनेको र पत्रकारितामार्फत देशकोलागि पुर्याएको योगदान कदर गर्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको जनाईएको छ । ग्लोबल युथ पार्लियामेन्टले उक्त अवार्ड प्रदान गरेको हो । सम्मानपत्रमा उपराष्ट्रपति पुन र ग्लोबल युथ पार्लियामेन्टका संस्थापक अध्यक्ष दिवाकर अर्यालको हस्ताक्षर समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्