Logo

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डलाई भेटे



काठमाडौं, ३ मंसिर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको दाहालको सचिवालयले जनाएको छ । भेटमा लुसँगै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीको सहभागिता थियो ।

दाहालको आधिकारिक फेशबुक पेजमा भनिएको छ,‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´सँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज भेटवार्ता गर्नुभएको छ।’



प्रतिक्रिया दिनुहोस्