Logo

दक्षिण अफ्रिकी ब्याट्म्यान डि भिलियर्सले लिए सबै खेलबाट सन्यास



काठमाडौं, ३ मंसिर । । दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिईसकेका भिलियर्सले टी–ट्वान्टी लिग भने खेल्दै आएका थिए ।

३७ वर्षीय भिलियर्सले १७ वर्ष क्रिकेट खेलेका थिए ।

भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् ।

उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् ।

भिलियर्सले टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्