Logo

प्रचण्डले रामदेव रुढीवादी नभई क्रान्तिकारी भनेपछि…



काठमाडौं, ३ मंसिर । पतञ्जली टेलिभिजनको शुभारम्भमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बाबा रामदेवको प्रशंशा गरे । उनले रामदेवलाई रुढीवादी ठानेको तर वास्तवमा क्रान्तिकारी र वैज्ञानिक पाएको बताए ।

‘उहाँ रुढीवादी हुनुहुन्छ भन्ने लाग्दथ्यो तर क्रान्तिकारी हुनुहुँदोरहेछ, वैज्ञानिक हुनुहुँदोरहेछ,’ प्रचण्डले भने । यसो भनिरहँदा मञ्चमा बसिरहेका रामदेव खित्का छाडेर हाँस्न थाले । उनले टाउको पछाडि लगेर आकाशतर्फ हेरेर हाँसे ।

प्रचण्डले योगलाई क्रान्तिकारी भन्दै आरोग्यताबाट उद्दोगतर्फ लगेको वर्णन गरे । बाबा रामदेव र आचार्य रामदेवलाई थ्री इन वान भने । प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीमा क्रान्ति ल्याउने विषय समेत राखे ।

https://twitter.com/i/broadcasts/1YqKDqYzZqeGV



प्रतिक्रिया दिनुहोस्