Logo

रामदेवको नजरमा ‘देउवा साधु, प्रचण्ड कोमल’



काठमाडौं, ३ मंसिर । पतञ्जलीमा शुक्रबार शिर्ष नेताहरु सबैजसो देखिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण समेत पतञ्जलीको टेलिभिजन शुभारम्भ देखि भवन शिलान्यासमा सहभागी भएका थिए ।

प्रचण्डले रामदेवको खुलेर प्रशंशा गरे । रामदेवले पनि प्रचण्डको बारे खुलेर प्रशंशा गरे । उनले भने,‘प्रचण्ड सुन्दा नै भयंकर लाग्ने तर भित्र भित्र कोमल हुनुहुँदोरहेछ ।’ खित्का छाडेर हाँस्दै रामदेवले प्रचण्डको प्रशंशा गर्दा माहोल नै तात्तियो । प्रचण्डभित्र आफूले कोमलता पाएको समेत सुनाए ।

रामदेवले प्रधानमन्त्री शेरबहादुर देउवाको खुलेर प्रशंशा गरे । उनले देउवालाई साधु स्वभावको भने । रामदेवले भने,‘देउवाजीमा साधु स्वभाव छ, राजनीतिमा राजयोगी जस्ता ।’ यसो भनिरहँदा देउवा भावुक बने ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रामदेवले आफ्नो कार्यकर्ता जस्तै भने । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रखर शिष्य भने । उनले उपस्थित नेताहरुको प्रशंशा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot