Logo

बाबा रामदेब र आचार्य बालकृष्णलाई गुर्जो चिया सेवा गराईयो, अभियन्ता राजलवटलाई दिए आर्शिवाद (फोटोफिचर)



काठमाडौं, ३ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णजीलाई गुर्जोको चिया सेवन गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज काठमाडौंको मण्डिखाटारमा आयोजित एक कार्यक्रमको अवसरमा राजलवटले २५ सय भन्दा बढि व्यक्तित्वहरुलाई गुर्जोको चिया सेवन गराएको जनाए ।

उनले भने,‘पतञ्जली योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उदघाटन समारोहमा उपस्थित् २५ सय भन्दा बढि महानुभावलाई गुर्जाे चिया खुवाउदै लेमनग्रास, पत्थरचट्टा एवं गुर्जाे बेर्नाको समेत सेवा गरियो ।’ उनले उक्त अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णजी महाराजबाट उक्त सेवा तथा कार्यको प्रशंसा गरेका थिए । उनले भने,‘उहाँहरु हाम्रो सेवा कार्यबाट धेरै नै प्रसन्न हुनुभयो, हामीलाई आशिरवादसहित धन्यवाद प्रदान गर्नुभयो । यो त हाम्रो लागि धेरै नै खुशीको कुरा हो ।’

प्रधानमन्त्री देउवाको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा भूतपूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, सुजाता कोइराला, विमलेन्द्र निधि, बहालवाला मन्त्रीहरु, सांसदहरू, नेपाल सरकारका सचिवहरू, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत प्रतिष्ठिति व्यापारी र सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, नेपाल अधिराज्यभरिका योग साधना केन्द्रहरूका योग प्रशिक्षक, साधकहरू, पदाधिकारीहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।

गुर्जाे चिया सेवामा योग गुरु किशोर जोशी, राजेश प्रधानसमेतको सक्रिय सहभागिता रहेको थियो । राजलवटकाअनुसार गुर्जाे चिया, गुर्जाे तथा जडीबुटीको विषयमा सहभागी सबैको निकै अभिरूचि रहेको र उनीहरुले यसबारेमा जिज्ञाशासमेत राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्