Logo

एमसीसी सम्झौता राष्ट्रघाती छैन, तत्काल पारित गर्नुपर्छ : प्रा.डा. गान्धी पण्डित (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भन्दै यसलाई तत्काल संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले आफूले सम्झौताको प्रत्येक दफाको अध्ययन गरेको भन्दै सम्झौता नेपालको हितमा रहेको सुनाए ।

उनले भने,‘म एमसीसीको पक्षमा पनि छैनु, विपक्षमा पनि छैन्, तर मैले यो एमसीसी सम्झौताको दफा पढेको छु, दफाले जे भन्छ, त्यही भन्छ । यो सम्झौता चाहीँ राष्ट्रघाती छैन् । एमसीसी सदनबाट पारित गर्नुपर्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसी पारित हुँदैमा अमेरिकी सेना नआउने पनि दाबी गरे । उनले भने,‘जनतालाई झुक्याएर राजनीति गर्नुहुँदैन् । यहाँ अमेरिकी सेना आउन पाउँदैन् । के भन्यो भने सम्झौताको २०.६ मा, यो अनुदानको पैसा लिएर त्यो पैसा चाहीँ मिलिटिरीलाई प्रयो गर्न पाइँदैन, अर्धसैनिकक बललाई प्रयोग गरियो भने अमेरिकाले फिर्ता लिन्छु भनेको छ । यो पैसाले हाम्रो पर्यावरण बिगार्ने काम गर्यो भने पनि पैसा फिर्ता लिन्छु भनेको छ । कहाँ सैनिक आयो ?



प्रतिक्रिया दिनुहोस्