Logo

विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लाग्दै काठमाडौं सहर



काठमाडौं, ४ मंसिर । काठमाडौं विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लागिरहेको छ ।

वायुको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौं विश्वकै प्रदूषित आठौं सहरमा पुगेको हो ।

आइक्युएरको तथ्यांक अनुसार शनिबार बिहान काठमाडौंमा पिएम (२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको थियो । विज्ञहरुका अनुसार यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । नेपालमा यो सूचकांक ५ सय भन्दा माथि जाने गरेको बताइन्छ ।

विश्वकै प्रदूषित सहमा पाकिस्तानको लाहोर पहिलो नम्बरमा रहेको छ ।

दोस्रोमा दक्षिण कोरियाको इनचोन सहर छ । यस्तै, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot