Logo

हामी केपी ओलीकै नेतृत्वमा अघि बढ्छौं, १०औं महाविधवेशनमा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : शेरबहादुर तामाङ (भिडिओसहित)



‘प्रधानमन्त्री देउवाले आउँछु भन्नुभएको छ, प्रचण्डको सन्देश पर्खिरहेका छौं’
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । उनले भने,‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौं । पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने हो । त्यही मनोविज्ञानले हामीले काम गर्छौं ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् । उनले भने,‘अहिले हामी केपी ओलीकै अगुवाईमा अघि बढ्छौं । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौं । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ। म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ। महािधवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दैछौं । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख प्लस छ। महाधिवेशनलगत्तै हामी पन्ध्र लाख बनाउँछौं । हामी एकताबद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि सुनाए । तर, सहमति नभए चुनावको लागि पनि तयारी अवस्थामा रहेको उनको भनाई छ । उनले भने,‘हामी सर्वसम्मत् रुपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौं । अहिले महाधिवेशन प्रतिनिधिको कुरा गर्दापनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत् प्रक्रियाबाट आएका छौं । हामी उम्मेद्धवार हुन पाईँदैन भन्दैनौं । उम्मेद्धवारी घोषणा गर्ने अवसर पनि दिईन्छ। उम्मेद्धवारको बीचमा सहमतिको प्रयास गर्ने हो । प्रक्रिया सबै अपनाईन्छ। सम्पूर्ण तयारी छ।’ उनले महाधिवेशनमा बजेटको हिसाबले साँढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए । आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भैसकेको पनिउनले जनाए । उनले भने,‘हाम्रो सिंगो पार्टीको मनोविज्ञान एकताबद्ध पार्टी नै हो, पार्टीमा सबै उचित स्थान र सम्मान हुन्छ ।’

उनले महािधवेशन प्रतिनिधिहरुको अहिले रजिष्टर र ईन्ट्री प्रोसेस सुरु भएको पनि जनाए । उनले भने,‘हामीले सबै प्रक्रिया हाई–टेक गरेका छौं । अनलाईन गरेका छौं । १०गते चितवनको नारायणी नदीमा उद्घाटन सत्र हुन्छ, त्यहाँ पाँच लाख जनसमूदायको सहभागिता रहनेछ। जनपरिचालन समिति पनि बनाएका छौं । जनता जुटाउने काम गरिएको छ। म आँफै मञ्च व्यवस्थापनको संयोजक हुँ । खुल्ला सत्र, जनसभा कस्तो हुन्छ ? भनेर झझल्को देखिनेगरि तयारी गरेका छौं, महाधिवेशनस्थल हाईटेक गर्छौं । त्यहीअनुसारको सजिसजाउ गरेका छौं । मञ्चको व्यवस्था पनि भव्यता छ। चारैतिरबाट स्टेजको सम्बोधन देख्न मिल्नेगरि एलईडीको व्यवस्था छ। मिडियालाई लाईभको व्यवस्था गरेका छौं ।’

उनले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतफए लागिरहेको सुनाए । उनले भने,‘हामी सहमतिको प्रयासमा छौं । देखाउने हिसाबले, प्रचारप्रसारको हिसाबले रौनकता छ। तर, उम्मेद्धवारको तानातान नभएको भनेर अहिले बाहिर चर्चा भएको छ, यो कुराबाट एमाले मुक्त भएको छ। पार्टीमा सबै कुरा मिल्दैछ अनि सहमतिको साथ नेतृत्व घोषणा हुँदैछ। यो कुरा राम्रो हो नि । कुनैपन दलमा झगडा हुनुभन्दा मिल्नु राम्रो हो नि । अहिले हाम्रो पार्टीमा मिल्ने वातावरण बन्दै गएको छ। मतदान हुने, गुटबन्दी हुनुभन्दा त मिलेर जानु र सर्वसम्मती बनाउनु राम्रो होला ।’

उनले पार्टीमा नेताहरु एक आपसमा झगडा गरेको भन्दा मिलेको र एकताबद्ध भएर अघि बढेको समाचार नै ठूलो हुने सुनाए । उनले कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराए । तर, विभिन्न देशका विभिन्न दलबाट आफुहरुलाई शुभकामना सन्देश प्राप्त भैरहेको भने उनले जनाए ।

महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिईसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले जनाए । उनले भने,‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं । तर, माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ। अलग दल बनाउन पाईन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ। माधव नेपालहरु पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ, हाललाई उहाँहरुलाई हाम्रो महाधिवेशमा निम्तो गर्दैनौं ।’

तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए। उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए । तामाङले आफ्नो पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहेको सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्