Logo

नेपाल बारले अघि सार्यो तेस्रो चरणको आन्दोलन कार्यक्रम, भोलि देशभरिका अदालतमा बहस/पैरवी नगर्ने (विज्ञप्तीसहित)



काठमाडौं, ४ मंसिर । नेपाल बार एशोसिएशनले तेस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ। तेस्रो चरणको कार्यक्रमअनुसार भोलि मंसिर ५ गते देशभरिका अदालतमा बहस/पैरवी नगर्ने निर्णय गरेको छ। तर, बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने बहस गरिने जनाईएको छ ।

सोमबार भने अदालतको मूल गेटमा विहान १० बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिने र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय कार्यालयमा गएर ध्यानाकार्षण/ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि बारले अघि सारेको छ ।

यस्तो छ विज्ञप्ती



प्रतिक्रिया दिनुहोस्