Logo

‘सबै डेलिगेट्सलाई भोट हाल्ने वातावरणको सुनिश्चितता् नभएसम्म चुनाव गरिए मान्य हुँदैन्’ : रविन वज्राचार्य



काठमाडौं, ४ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसीसी विधान संशोधन समितिका उप–संयोजक रविन बज्राचार्यले विधानअनुसार संगठनको चुनाव होस भनेर आफुले सर्वोच्च अदालतमा रिट दर्ता गराएको र उक्त मुद्दा अदालतमा विचाराधिन रहकै अवस्थामा अध्यक्ष कुमार पन्तले एकलौटी रुपमा चुनाव घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संयोजक बज्राचार्यले सर्वोच्च अदालतले दिएको १५ दिने म्याद र कारण देखाउ आदेशको जवाफ नदिएर संगठनका अध्यक्षले एकलौटी रुपमा चुनावको नयाँ मिति घोषणा गरेकोमा गुनासो पोखेका छन्।

सम्पूर्ण सदस्यहरुलाई भोट हाल्ने अधिकारबाट बञ्चित गरिए आफू चुप लागेर नबस्नेसमेत उनको चेतावनी छ । ‘अहिले सबै प्रतिनिधिहरुलाई चुनावमा भोट हाल्ने अधिकारको सुनिश्चितता होस, होईन भने म सर्वोच्च अदालतमा गएर अन्तरिम आदेश मागेर चुनाव रोक्न बाध्य हुनेछु’–उनले भने ।

उनले आफू चुनावको विरोधी नभएकोसमेत स्पष्ट पारे । तर, संघको चुनाव हुँदा सबै विधि र प्रक्रिया अपनाउनुपर्ने आफ्नो जोड रहेको सुनाए । ‘अमेरिकाको ६५ प्रतिशतको डेलिगेट्सको हकमा १२३ जनाले डेलिगेट्स पाउनुपर्ने थियो, चार सय जनाले आवेदन दिएकोमा ९८ जनामात्रै योग्य डेलिगेट्सहरु थिए । बाँकी २५ जना अस्ति भर्खर चुनाव जितेका मान्छेहरुलाई दिईएको छ, जुन विधानविपरित हो । ती व्यक्तिहरुको नाम हटाउनुपर्छ भनेर भनेको हो’ उनले–भने ।

साथै, उनले डेलिगेट्सहरुको लिस्ट सार्वजनिक गर्नसमेत माग गरेका छन् । उनले भने,‘अध्यक्षले महाधिवेशन डेलिगेट्सको नाम निर्वाचन समितिमा बुझाएँ भन्नुभएको छ, यो लिष्ट आज÷भोलि नै सार्वजनिक गरियोस ।’ उनले यस्तो अवस्थामा हाल हुँदै गरेको चुनाव कसरी निश्पक्ष हुन्छ भन्दै उनले आशंका व्यक्त गरे ।
उनको भनाई जस्ताको त्यस्तै (भिडिओमा)



प्रतिक्रिया दिनुहोस्