Logo

गण्डकी प्रदेश प्रतिनिधिमा सुवास अधिकारी निर्वाचित



तनहुँ, ४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश प्रतितिधिमा विद्यार्थी नेता सुवास अधिकारी निर्वाचित भएका छन् । तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ (ख) बाट नेता अधिकारीले १ सय ६८ मत लिएर प्रदेश प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

त्यस्तै, तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट २ सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २ सय १६ मत प्राप्त गरेका छन् । खनाल पुर्व सह–महामन्त्री गोविन्दराज जोशी प्यानलका उम्मेद्वार हुन् ।

तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले २ सय ४३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनी जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेलको संयुक्त उम्मेद्वार हुन् । तनहुँ क्षेत्र नम्बर १ ९क० र ९ख० मा पुर्वमन्त्री शंकर भण्डारी प्यानलका सबै उम्मेदार पराजित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्